हिजो दिनभरीको डिउटी अनि बेलुका दशैँको पार्टिले गर्दा म यसरी निदाएँ कि मलाई कसैले बोकेर बाहिर फ्याँके पनि थाहा नपाउँने स्थितिमा थिएँ ! तर जब म सपनामा थिएँ म आफ्नै घरमा दशैँ मनाईरहेको थिएँ त्यत्तिकै मा मलाई आमाले भन्नू भयो कान्छा भोलि त तेरो जन्मदिन हो है । म झसङ्ग हुन्छु अनि भन्छु आमालाई .....हो त नि आमा मैले त भुसुक्क बिर्सेछु । अनि म त्यत्तिकैमा घुम्नलाई बाहिर निस्कन्छु तर म बाइक दुर्घटनामा पर्छु त्यतिखेर म चिच्याउँछु अनि सपनाबाट बिउँझिन्छु र हेर्छु ! मत परदेशको एउटा कोठाको बेडमा पो रहेछु अनि आँखा मिच्दै उठेर फ्रीजमा रहेको पानी निकाल्न के लागेको हुन्छु मेरो मोबाइल मा एक्कासी Happy Birthday to U भनेर गित बज्छ म फ्रीजको ढोका त्यत्तिकै बन्द गरेर मोबाइल हेर्छु त जन्मदिनको Notification पो बजिरहेको रहेछ अनि हेर्छु भित्तामा रहेको पात्रो लाई साची नै मेरो जन्मदिन नै पो रहेछ ..... अनि मैले मन मनै आमालाई सम्झेर भने आमा तपाई साँच्चिकै महान हुनुहुन्छ .......... सायद हजुरले मलाई सपनामा भन्नू भएको थिएन भने मलाई मेरो जन्मदिन नै थाहा नहुने थियो.... र अरु कसैले भन्ने थिएनन पनि... !! म जहाँ भएपनी हजुर मेरो छायाँ बनेर सधै साथ दिईरहनु हुन्छ .......
# कुरा जन्मदिन को अनि वास्तविकता को