म र मेरो भन्ने लोभ र अहंकार निभाउने ममतालाई त्यागेर सर्वप्राणी लोकको निम्ति अनश्रव भावना गर्दै जीवनयापन गरेमा मात्र मनुष्य जीवन सफल हुनेछ । अन्तत लोकमा आउनुको उद्देश्य के हो ?, खोज कुन तत्व हो?, सम्पूर्ण अस्तित्व लगायत आफू स्वयंप्रतिको दायित्व र धर्म के हो?, आत्मा, अनात्मा, परमात्मा बीचको सेतुहरु के हन्? यस्ता असिम र सुक्ष्म अन्तर खोजमा जीवनको कालचक्र ब्यतित गर्नुपर्दछ नाकि क्षणिक विलासिता र भौतिक बन्धनहरू मात्र । अन्तत भेदभाव रहित एक प्राणी, एक जगत एक धर्म एवं मैत्रि्भाव स्थापित गर्दै लोकलाई धर्मध्वोनीमा अलंकृत गर्न र विश्वभरिको असंख्य व्यकुल प्राणीहरुलाई मैत्रीरस दिई तृप्त गराउदै मार्ग दर्शन गराउन आउने समयमा गुरुभ्रमण हुने नै छ ।"-महासम्बोधी गुरु धर्म संघ