तिमीले मलाई पहिले जस्तो न फोन गर्छौ,
न मेसेज गर्छौ न पहिलेको जसरी राम्ररी नै बोल्छौ....
तर पनि अझै म तिमीलाई धेरै माया गर्छु..
चौबीस घण्टामा तिमीसँग एक दुई मिनेट पनि नहुदा मेरो लागि..
पीडा त धेरै हुन्छ तर पनि
मैले तिमीलाई बुझी राछु...
म हुनु र नहुनुले तिमीलाई
फरक त पर्दैन तर पनि अझै मैले
तिमीलाई आफ्नो जिन्दगी सम्झीएर
तिम्रै नाममा आफ्नो जीवन बिताइरहेको छु ।
किनकि म तिमीलाई धेरै माया गर्छु। हद भन्दा नि धेरै.....
म तिम्रो केयर,तिम्रो मायाको अभावमा तिम्रो बेवास्तामा रुदै बाचि रहेको बेला..
कोही मेरो लाइफमा आएर
मैले खाए नखाएको,
हासिराछु या रोइ राछु..
सन्चो छु या बिरामी छु
खुशी छु या दुखी छु भनेर केयर गर्यो भने ..
मलाई हँसाउन मरिमेट्यो भने,
तिमीले दुखाएको मुटु उसको मायाले भरिदियो भने अनि फेरि दुखाएन भने,
अनि मलाई धेरै माया गर्छु भन्दै
मेरो साथ माग्यो भने...
म तिमीलाई धेरै माया त गर्छु....
तर तिमीले मलाई बेवास्ता गरेर
मेरो मन दुखाए जसरी
म उसको मन दुखाउने छैन...
किनकि मलाई थाह छ
आफुले धेरै माया वास्ता गर्ने मान्छेले
बेवास्ता गर्दा हुने पीडा कति दर्दानक हुन्छ...
# copy & paste ...