म स्वीकार गर्न सक्छु.
- मेरो जात सानो होला,
- मेरो बाबा आमाको सोच पनि सानो होला,
- मेरो जिन्दगी जिउने तरिका पनि सानो नै होला,
- मेरो ईच्छा चाहनाहरु पनि सानो नै होला,
- मेरो भावनाहरु पनि सानो नै होला,
- मैले देख्ने हरेक सपनाहरु पनि सानो होला,
- मैले टेकेको धर्ती पनि सानो नै होला,
- मैले हेर्ने आकाश पनि त सानो नै होला,
- मैले पुजा गर्ने भगवानको लागि पनि म सानो नै होला,
- अनि मेरो लागि संसार पनि सानो नै होला,
# तर बिन्ती छ... ---------,
मेरो मन र मुटुलाई कहिले सानो नभन र नदेखाउनु पनि ... जहाँ कुनै मिश्रण छैन यसलाई अहिले सम्म कसैले छुने र कोट्याउने गरेको छैन........
# यमन