पर्देशले मलाई धेरै कुरा सिकायो अनुभवहरु बटुल्ने मौका पनि दियो तर मलाई कहिले पनि कठोर निर्दयी अनि शङ्कालु बनाएन बनायो त अरुको खुशिहरु सँग लडिरहने एउटा बिर योद्धा तर मलाई के थाहा म त यस्तो रणभुमिमा फसेको रहेछु मैले देख्ने आकास मैले टेकेको धर्ती, मैले हिड्ने बाटोहरु अनि मैले गरेको जिन्दगीको यात्राहरु सब बेकार रहेछन् । म त आफ्नै जिन्दगीमा यसरी गोला बारुद बर्साउँदै पो रहेछुकी जहाँ मेरै जिन्दगी म सँग नै दुश्मन भएछ , आफ्नै जिन्दगी छीद्र छीद्र अनि हजारौँ प्वालहरु बनाएर् हाँसीरहेको पो रहेछ