तपाईं को हरपल याद आउछ आमा..!!
बिहान जब उठ्छु,सधै झै तेइ बिहानि, तेइ काममा जानुपर्ने दिक्क लाग्दो दैनिकी सम्झिन्छु अनि सम्झिन्छु तपाईंले "९ बजिसक्यो उठ भन्नु भाको दिनहरु ।"
"खाना बनाउदा जब मिठो नभैकन थोरै खान्छु तब सम्झिन्छु तपाईंले सधै दादालाई र मलाई मनपर्छ भनेर बनाइदिएको आलु फ्राई अनि अन्डा ! "
जब काममा आउछु वाक्क लाग्छ मन्छेहरुको बेहोरा देखेर अनि फर्किन मन लाग्छ नेपाल तब सम्झिन्छु अहँ पैसा कमाउनुछ,रिन तिरेर तपाईंलाई थोरै खुशी दिनु छ ,हजुर अनि म अाफैका धेरै सपनाहरु पुरा गर्नु छ भन्ने कुरा..!!
बल्ल बल्ल काम सक्यो रूम मा जादा फेरी खाना पकाउनु पर्छ तब झल झली याद आउछ 'मम्मी खाना पाक्यो, भोक लागी सक्यो' भनेर बोलेका शब्द हरु!!
..!!
म हरपल हर दिन हजुरलाई संम्झन्छु,
जुन दिन "म हजुरका सपनाहरु पुरा गरी, हजुर सामु जान्छु ;
हो तेहि दिन "मातातिर्थ औंसी "मनाउछु " ..!!