सत्य धर्म र गुरुको अनुशरण गर्दै बर्तमान युग, समयमा यहाँ उपस्थित अनुपस्थित समस्त पुण्यवान आत्माहरुलाई मैत्रिमंगल गर्दै, लोक् कल्याण एवं प्राणीधानको यस महामैत्री मार्गमा रही आत्मा,शरिर र वचन गुरुको साक्षि भई शाश्वत् धर्मको उद्घोष गरिरहेको छु । शाश्वत श्वास भएको अजर, अमर अविनाशी तत्वलाई बोध गर्नको निम्ति चित्तमा मात्र एक सुर धर्मलाई लिएर जीवनचर्य गर्नु पर्दछ । धर्म शब्द फेरी पनि आफैमा पर्याप्त छैन । कसरी धर्म मात्र एउटा शब्दमा अटाउन सक्छ जुन धर्म तत्वमा समस्त लोकहरु अईको छ । धर्म कुनै बुझ्ने तथ्य नभएर बोध गर्ने सत्य हो । मनुस्यहरु मात्र नभै चराचर जगतप्राणी एवं नस्पतिहरुसँग समागममा रहि दया, करुणा, प्रेम, मैत्रीभाव स्थापित गर्न सके, मैत्रीभावको रस सेवन गर्नसके, अपुर्व मैत्रीभाव्मा जीवनचर्य गर्न सकिन्छ । फलरवरुप उपरान्त मूक्ति र मोक्ष प्राप्ति हुनेछ । धर्मको नाममा प्राणीहत्या, रीद्धी, चमत्कर देखउनु, तन्त्र-मन्त्र गर्नु मात्र क्षेणिक स्वार्थपुर्तिको बाटो हो । धर्म मात्र त्यो हो जस्ले प्राणीलाई भेदभावरहित कर्म अनुरुप मूक्ति र मोक्षको मार्ग प्रदान गर्छ । परापूर्व कालदेखि लोकमा मनुष्यहरू भवसागरमा रुमल्लिएर तत्वहिन वस्तु र मार्गमा तत्वरुपी मनुष्य चोला लिएर कल्पैं देखि जान-अन्ज़ान्मा भौतारिरहेको छ । धन्य ती पुण्यवान आत्माहरु जो कि शरणमा रहि सत्यमार्गको अनुशरण गरिरहेकोछ । एवं गुरु स्वयं पनि पूर्ववत् हजारौँ बुद्धहरुभन्दा उच्च गुरुहरुको धर्म, शाशनमा रहिआएको छ । भावि दिनहरुमा गुरु र धर्मको दर्शन गराउँदै जानेछु र सदा गराईरहेको छु । असंख्या भाव जसमा रुमल्लिएर तृष्णावश सचित गरेको कर्महरुको निवारण गर्नको निम्ति धर्मको शरणमा रहि शुद्ध चित्तको भावना गर्दै अखण्ड रुपले किन्चित पनि विमूख नभई गुरुमार्गमा लागीपर्नु पर्दछ । म र मेरो भन्ने लोभ र अहंकार निभाउने ममतालाई त्यागेर सर्वप्राणी लोक्को निम्ति अनश्रव भावना गर्दै जीवनयापन रेमा मात्र मनुष्य जीवन सफल हुनेछ । अन्तत लोकमा आउनुको उईश्य के हो, खोज कुन तत्व हो, सम्पूर्ण अस्तित्व लगायत आफू स्वयंप्रतिको दायित्व र धर्म के हो, आत्मा, अनात्मा, परमात्मा बीचको सेतुहरु के हन् यस्ता असिम र सुखासम अन्तर खोजमा जीवनको कालचक्र ब्यतित गर्नुपर्दछ नाकि क्षणिक विलासिता र भौतिक बन्धनहरू मात्र अन्तत भेदभाव रहित एक प्राणी, एक जगत एक धर्म एवं मैत्रिभव स्थापित गर्दै लोकलाई धर्मध्वोनीमा अलंकृत गर्न र विश्वभरिको असंख्य व्यकुल प्राणीहरुलाई मैत्रीरस दिई तृप्त गराउदै मार्ग दर्शन गराउन आउने समयमा गुरुभ्रमण हुने नै छ । गुरु सत्य छ, किनकी गुरु धर्ममा छ । मात्र गल्ति एउतै भौतिक संसारमा गुरुबाट धर्मको शासन विस्तार भएको छ । तथापि जे छ छ्दैछ, सत्य छ । सर्व मंगलम् अस्तू तथास्तू ।
महासम्बोधि गुरु धर्म संघ ज्यु बाट २०६८ भादू २५, २६ र २७ भतेको सिन्धुलीमा भएको विश्वशान्ती मैत्री पुजाको अवसरमा दिनुभएको र्ध्सदेशवा