खै के खै के आज भोलि आफैमा बैगुन देख्दै छु म
तिम्लाई छोडी अरुकै लागी गजल लेख्दै छु म
भुल्न सक्दिन थाहा छ तिम्रो माया जीवनभरी
बल गरेर तिम्रो सम्झनाको बाटो छेक्दै छु म
जे हुनु भो बाकी जीवन खुसि संगै कटाउ भनि
जानी जानी भड्खालो मा पाइला टेक्दै छु म
खै के खै के आज भोलि आफैमा बैगुन देख्दै छु म
#यमन