आज भोलि म किन यति धेरै निरास छु अनि मौन पनि
किन जिन्दगी देखि कतै टाढा भागुँ झै लागीरहन्छ....धेरै टाढा सुन्यतामा .....एउटा छाँया बनेर तर कुनै एउटा लहराले मलाई अल्झाईरहन्छ म त्यसलाई फुत्काएर भाग्न पनि सक्दिन ... किन ? यहि प्रश्न सधै मेरो मानसपटलमा अडिक बनेर रहिरहन्छ .....आज भोलि म पहिलेको हेरि धेरै परिबर्तन भै सकेको छु मेरो हरेक सोच्ने शक्तिहरु पनि फरक पाउदै गैरहेको छु.... धेरै भिन्न ........खोइ सम्हालीन खोज्छु ढल्न पुग्छु .....सास फेर्न खोज्छु निसासिन्छु ........निदाउन खोज्छु झस्किन्छु.